नोरा फतेहीको टोली नेपाल आइपुग्यो

...

काठमाडौँ । चर्चित बलिउड अभिनेत्री नोरा फतेहीको २३ सदस्यीय टोली आज काठमाडौँ आइपुगेको छ । शुक्रबार अभिनेत्री फतेहीको टोली नेपाल आइपुगेको हो ।

शुक्रबार काठमाडौँ उत्रिएको टोलीमा डान्सर, म्यानेजर, ड्रेस डिजाइनर, लाइटम्यान, फोटोग्राफर लगायत छन् । अभिनेत्री नोरा फतेही भने भोलि शनिबार नेपाल आउनेछिन् । उनले शनिबार साँझ नै बौद्धस्थित हायात मैदानमा ‘नोरा फतेही लाइभ इन नेपाल’ मा प्रस्तुति दिने छिन् ।