‘हिमालय रोडिज’ सातौं सिजनको अडिसन आह्वान,

...

काठमाडौँ ।टिभी रियालिटी शो ‘हिमालय रोडिज’ सातौं सिजनको अडिसन २६ जुनसम्म खुला भएको छ । अडिसन काठमाडौं, पोखरा, बुटवल, हेटौंडा र धरानमा आयोजना हुँदैछ। इच्छुकले भिडियो इन्ट्रो र उद्देश्य उल्लेख गर्नुपर्ने हुन्छ । आवेदन अनलाइन र फिजिकल माध्यमबाट गर्न सकिन्छ।

गतसाता रोडिजले अडिसन आह्वान गरेको थियो भने एक महिनासम्म आवेदन दिन सकिनेछ । सातौं सिजनमा ग्याङ लिडरको रुपमा दीया मास्केलाई देख्न पाइनेछैन ।  प्रियंका कार्की, अनुपविक्रम शाही र आशिष रानाले भने निरन्तरता दिनेछन् ।

अडिसनमा महिला सहभागिता बढी हुनुपर्ने र नयाँ संस्करणमा महिला विजेता हुने अपेक्षा व्यक्त गरिएको छ।