
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने भन्छन् एयरपोर्टमै हतकडी लगाउदा म अर्धमृत अवस्थामा पुगेको थिए। जीवन सकियो जस्तो आभाष भएको थियो। धेरैपटक प्राण त्याग्ने सोच पनि आयो तर बुढा हुनुभएका मेरा आमा-बा सम्झेर त्यो हिम्मत गर्न सकिन।
केहि समय अघि एक युवतीले उनलाई बलात्कारको आरोप लगाएर मुद्दा दर्ता गराएकी थिईन्। केहि समय उनले जेल जीवन पनि बिताए। यता बलात्कारको मुद्दा दर्ता हुदै गर्दा सन्दिप भने खेलकै शिलशिलामा नेपाल बाहिर थिए। हालसालैको एक अन्तर्वार्तामा उनले भनेका छन् सत्य के हो मलाई र मुद्दा दर्ता गराउने व्यक्तिलाई मात्र थाह छ। मैले बोल्नुपर्ने ठाउमा आफ्नो कुरा राखिसके,स्पष्टिकरण पनि दिएको छु। अब मैले अरुलाई सबै कुरा बताउनुपर्छ जस्तो लाग्दैन।
एउटा राष्ट्रिय खेलाडीलाई एयरपोर्टमा भव्य स्वागत गरिन्थ्यो तर त्यो दिन प्लेन बाट ओर्लन नपाउदै हतकडी लगाउदा म पुरै ब्लांक भएको थियो। मेरो जीवनको अन्त्य भयो जस्तो लागेको थियो। उनि थप्छन् मलाई गिराउन त्यस्तो योजना बनाउने समुहको विषयमा म जानकार छु। खुट्टा तान्न खोजियो तर मैले हार मानिन। अहिले उनीमाथि लागेको केस उच्च अदालतमै टुंगिसकेको छ ।