
काठमाडौं । ८ वर्षिया नेपालीभाषी बालिका विनिता क्षेत्री बेलायतको लोकप्रिय टेलिभिजन रियालिटी शो ‘ब्रिटेन्स गट् ट्यालेन्ट’को फिनालेमा प्रवेश गरेकी छन् । सेमीफाइनलमा प्राप्त पब्लिक भोट र सानदार प्रस्तुतिसँगै उनी फिनालेमा प्रवेश गरेकी हुन् । विजेताले २ लाख ५० हजार पाउण्ड प्राप्त गर्नेछ ।
अडिसनको बेला शोका चारै जजले उभिएर सम्मान व्यक्त गरेका थिए । उनले कन्टेम्पोररी र एक्रोब्याटिक शैलीमा नृत्य प्रस्तुति दिएकी थिइन् । लचकदार शरिरमार्फत उनले जसरी प्रस्तुति दिइन्, प्रस्तुतिमा चारै जजले प्रशंसा गरेका थिए ।
भारतको पूर्वोत्तर आसामकी बालिका विनिता बुवासँगै यतिबेला लण्डनमा छिन् ।