
काठमाडौं । बागमती सरकारले पर्यटकीय क्षेत्र दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रुपमा विकास गर्ने भएको छ । प्रदेशभित्र रहेका प्रमुख पर्यटकीय गन्तव्यको प्रवर्धन गर्न स्वदेश तथा विदेशमा रहेका पर्यटनसँग सम्बन्धित चर्चित कन्टेन्ट क्रिएटर, भ्लगरलाई परिचालन गर्ने नीति लिइने उल्लेख छ ।
यसअघिका संघीय सरकारले बजेटमार्फत दोलखाको डाङडुङे डाँडालाई चलचित्र नगरीको रुपमा स्थापना गर्ने भन्दै बजेट विनियोजन गर्दै आएका थिए । दोलखाको उक्त ठाउँमा फिल्म सिटी बन्ने कुरामा चलचित्रकर्मीकै दुईथरी मत आइरहँदा बागमती सरकारले भने नीति कार्यक्रममार्फत फिल्म सिटी बनाउने घोषणा गरेको हो ।