शिल्पा भन्छिन्, पालो आउला नि हार चाहिँ मानेको छैन..!

...

काठमाडौँ । आफुले काम गरेका चलचित्रहरु निरन्तर असफल भईरहदा शिल्पा मास्केले आफ्नो करिअरको विषयमा केहि बोलेकी छन्। उनि भन्छिन् करिअर लामो छ पालो आउला नि हार चाहिँ मानेको छैन..! ।

२०७६ सालमा रिलिज भएको फिल्म ‘द ब्रेक अप’ बाट अभिनय डेब्यु गरेकी शिल्पाले कागजपत्र, सानो मन, कठपुतली, लाइफ इन एलए, फूलबारी, परस्त्री, देवी, लगायत फिल्म अभिनय गरेकी छन् । तर उनले ब्लकबस्टर फिल्मको स्वाद भने अझै चाख्न पाएकी छैनन्।

कामकै कुरा गर्ने हो भने उनले हलिउड चलचित्रमा समेत काम गरिसकेकी छन्।