मिस वर्ल्डको ताज चुआंग्स्रीलाई

...

काठमाडौँ । थाइल्यान्डकी ओपल सुचाता चुआंग्स्रीले मिस वर्ल्डको ताज पहिरिएकी छिन्। शनिबार साँझ भारतको तेलंगानाको हैदराबदस्थित हाइटेक्समा आयोजित समारोहमा ७१ औँ मिस वर्ल्ड विजेता क्रिस्टिना पेज्कोभाले ओपललाई ७२ औँ संस्करणको नतिजा घोषणासहित ताज पहिराएकी हुन् ।

प्रतियोगितामा इथियोपियाकी हासेट डेरेजेले दोस्रो स्थान प्राप्त गरेकी छन् भने मार्टिनिककी औरेली योहाचिम तेस्रो भएकी छन् । यो वर्ष ग्रान्ड फिनालेको होस्टिङ मिस वर्ल्ड २०१६ स्टेफानी डेल भ्यालेले भारतीय प्रस्तोता साचिन कुम्भारसँग संयुक्त रूपमा गरेका थिए ।

प्रतियोगितामा नेपालबाट सृच्छा प्रधानले प्रतिनिधित्व गरेकी थिइन् भने भारतकी नन्दिनी गुप्ता सहित १०८ देशका युवतीहरूले ‘मिस वर्ल्ड’ प्रतियोगितामा भाग लिएका थिए ।