राजुनाथ पाण्डे निलम्बनमा

...

काठमाडौँ । काठमाडौं महानगर प्रमुख बालेन शाहका निकट नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई कार्यालय प्रवेशमा अवरोध गरेको आरोप लगाउँदै कारबाही गरेका हुन्।

पाण्डे काठमाडौं महानगरका मेयर बालेन शाहसँगै लगातार रूपमा काम गर्दै आएका थिए र उनीमाथिको कारबाहीलाई बालेनलाई कमजोर पार्ने रणनीतिको रूपमा हेरिएको छ।

यसअघि काठमाडौं भ्यु- टावरको नक्सापासमा अनियमितता भएको भन्दै मेयर बालेनले गुरागाईंमाथि कारबाहीको सिफारिस गरेका थिए। तर चैत २१ मा संघीय मन्त्रालयले गुरागाईंलाई कुनै गल्ती नदेखिएको भन्दै पुनः काममा फर्काएको थियो। यससँगै गुरागाईंले पाण्डेलाई सार्वजनिक रूपमा अभिव्यक्ति नदिन चेतावनीसमेत दिएका छन्।