
काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रीय चलचित्र जाँच समितिमा संचारकर्मी कुवेर गिरी र फिल्मकर्मी भगवतीकुमारी मैनाली (भीमा) लाई नियुक्त गरेका छन् । मन्त्री गुरुङले मन्त्रीस्तरीय निर्णयबाट बुधबार उनीहरूलाई सदस्यमा नियुक्त गरेका हुन् ।
संचारकर्मी कुवेर गिरी २ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय छन् । यस्तै फिल्मकर्मी भगवतीकुमारी मैनालीले दुई दशक लामो फिल्म करिअरमा कलाकार, लेखक र निर्देशक भएर काम गरेकी छन् । उनको पछिल्लो फिल्म ‘खेल’ हो ।