‘मिस नेपाल २०२५’ को आवेदन खुला

...

काठमाडौं । ‘मिस नेपाल २०२५’ को आवेदन खुला गरिएको छ । आयोजक द हिडन ट्रेजरले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ संस्करण घोषणा गरेको हो ।

साउन अन्तिमतिर फाइनल हुने प्रतियोगिताको काठमाडौँ, पोखरासहितका देशका मुख्य सहरमा अडिसन हुने आयोजकको भनाई छ ।

इच्छुकले  जुन ३० सम्म द हिडन ट्रेजरको वेबसाइटमार्फत आवेदन दिन सक्ने प्रावधान रहेको प्रतियोगिताका लागि ५ फिट ३ इन्च उचाइ, अविवाहित, १८ देखि २७ वर्ष उमेर भएका नेपाली नागरिक वा नेपाली राहदानीवाहक हुनुपर्ने छ ।