
काठमाडौँ । विश्व संगीत दिवसको अवसरमा गायक विपुल क्षेत्रीले काठमाडौंमा प्रस्तुति दिने भएका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले असार ७ मा एक्सओ क्लबमा प्रस्तुति दिने जनाएका हुन् । काठमाडौं हुन लागेको कन्सर्टमा उनले नयाँ गीत प्रस्तुत गर्ने घोषणा समेत गरेका छन् । उनको यो घोषणाले फ्यान उत्साहित देखिन्छन् ।
उनले भनेका छन्…‘म फेरि आउँदैछु काठमाण्डू । म धेरै प्रतीक्षा गर्न सक्दिन । काठमाडौं र त्यहाँका बासिन्दासँग मेरो विशेष सम्बन्ध छ’ उनले भनेका छन् । उनले नयाँ गीत प्रस्तुत गर्ने खुलासा गर्दै भनेका छन्, ‘यो समय मसँगै ताजा गीत पनि प्रस्तुत गर्नेछु । यसकारण तपाईंहरू नयाँ गीत पहिलोपटक सुन्ने बन्दै हुनुहुन्छ । सबैलाई भेटौंला ।