‘राम नाम सत्य’मा भित्रीइन् सुपुष्पा

...

काठमाडौं । चलचित्र ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । उनलाई शीर्षमध्येको भूमिकाको लागि अनुबन्धित गरिएको जनाइएको छ ।

यो फिल्मको ‘लिड मेल’मा यसअघि विराज भट्ट, सुशिल श्रेष्ठ अनुबन्धित भैसकेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्ममा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङको लगानी हुनेछ ।

कार्यकारी निर्माता डीआर उपाध्याय, टीआर गौडेल र नरेन्द्र शाह हुन् । छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । एक्सन, लभ र सस्पेन्स कथामा यो फिल्म निर्माण हुनेछ ।