‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला

...

काठमाडौँ। चलचित्र ‘महाभोज’ को अग्रिम बुकिङ टिकट खुला गरिएको छ।  यस चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको छ।

वान सिनेमाज, एफक्युब सिनेमाज लगायतका मल्टिप्लेक्सले पनि बुकिङ खुला गरिसकेका छन्। आईएनआई सिनेमान, बिग मुभिज लगायतका अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी गरेका छन्।

दिनेश राउत निर्देशित यस फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरूङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतको अभिनय छ। आउँदो शुक्रबार जेठ ३० गते  ‘महाभोज’  रिलिज हुदैँ छ।