
काठमाडौँ । गायक राजेश राई को एकल स्वर तथा सङ्गितमा ‘पैसा सब भन्दा माथि’ बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो सुलेमान शंकर (इकु) ले निर्देशन गरेका हुन्। साथै भिडियोमा पनि उनि स्वयम् नै फिचर्ड छन्।
यहा यस्तै छ साथि,
पैसा सबभन्दा माथि
निदाउन्न म राति
बरु बचपन नै जाति…लगायतका शब्दहरु समेटिएको गीतमा पैसाको अभावमा जिन्दगिको यात्रा कति सम्म कठिन हुन्छ भन्ने कुरा देखाउन खोजिएको छ।एउटा निम्न वर्गीय परिवारको कथामा निर्माण भएको यस भिडियोमा पैसाको अभाव र त्यसबाट आउने पारिवारिक साथै व्यक्तिगत समस्यालाई चित्रण गरिएको छ ।
कपिल रिजन र दुर्लभ जन्तरेको संयुक्त लेखाईमा तयार पारिएको गीतलाई सङ्गीत संयोजन साथै ध्वनि मिश्रण भने देवेश राईले गरेका हुन्। यस भिडियोमा सविता गुरुङ्ग, दीपिका थापा, सविन लामा साथै मोहन शाहीको अभिनय देख्न सकिन्छ । बाल अभिनयमा सुयेशना शंकरलाई देख्न सकिन्छ यस भिडियोलाई सुजन टोलङ्गी नवीनले खिचेका छन् । कविता टोलाङ्गीले मेकअप र सौगात श्रेष्ठले ड्रोन चलाएको छ । भिडियो सफल भ्याली भ्यू रिसोर्टले प्रायोजन बनेको छ । भिडियोलाई राजेश राई युट्युब च्यानल बाट अप्लोड गरिएको छ ।