रचना भन्छिन्, सोचेजस्तो तयारी पूरा गर्न सकिन

...

काठमाडौं । केहिसमय अघि बिरामी भएर अस्पताल भर्ना भएकी रचना रिमाल आजबाट स्नातक तह तेस्रो वर्षको वार्षिक परिक्षामा सहभागी भएकी छन्। रत्नराज्य क्याम्पसकी विद्यार्थी रहेकी रचनाले स्वास्थ्य समस्याले सोचेअनुसार तयारी गर्न नसकेको र सामाजिक सञ्जालमार्फत बताएकी छन् । उनले लेखेकी छन्, ‘स्वास्थ्य समस्याले सोचेजस्तो तयारी पूरा गर्न नसकेपनि सकेको राम्रो गर्ने प्रयास गर्नेछु ।’

आन्द्राको संक्रमण भएपछि उनले केही दिन ह्याम्स अस्पतालमा भर्ना भएर उपचार गरेकी थिइन् । शनिबार डिस्चार्ज भएकी उनले घरमै आराम गरिरहेकी थिइन्।  रचनाले सांगीतिक करिअर र औपचारिक अध्ययन दुवैलाई एकसाथ अघि बढाइरहेकी छन् ।