फिल्ममा डेब्यु गर्दै अञ्जली अधिकारी

...

काठमाडौँ।  लोकप्रिय, चर्चित मोडल अञ्जली अधिकारीले चलचित्र ‘आहुती’को दोस्रो भागमा डेब्यु गर्ने भएकी छन्।  ‘आहुती’को पहिलो भागको छायांकन जेठमा पूर्वी नेपालको पाँचथरमा सम्पन्न भैसकेको छ । दोस्रो भागमा अन्जलीले पनि अभिनय गर्दैछन् ।

प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘गलबन्दी’बाट  चर्चा पाएकी अञ्जलीलाई त्यसपछी सफलताले पछ्याईरहेको छ।  ‘प्रेमगीत’को अडिसनमा पनि सहभागी भएकी अञ्जलीलाई त्यतिबेला चलचित्रमा काम गर्ने अवसर भने मिलेन र अब भने उनले ‘आहुती’ बाट डेब्यु गर्ने पक्का भएको छ।