
काठमाडौँ । हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा अप्सरा आमाको पात्रबाट निकै चर्चा कमाएकी कलाकार लक्ष्मी श्रेष्ठ यतिबेला ओछ्यानमै थलिएकि छिन्। उनि न खान सक्छिन् न त शौचालय जान नै। स्तन क्यान्सर लगायतका रोगबाट पीडित उनी केही सातादेखि ओछ्यानमै थलिएकी हुन्।
परिवारका अनुसार दुई सातादेखि उनलाई एकदमै गाह्रो भएको छ। उनको औषधि छुटाइसकेको र झोल खानेकुरा बाहेक खाना खान छाडेकी छन्। एक समय ‘मेरी बास्सै’ सिरियलमा लक्ष्मीले खड्काजीको श्रीमती ‘अप्सरा आमा’ को छुच्चो खालको भूमिकामा अभिनय गरेकी थिइन्। यो सिरियलमा खड्काजी र अप्सराको जोडीलाई दर्शकले निकै रूचाएका थिए।
बिरामी परेपछि उनले आफूसँग सहकार्य गरेका कलाकारहरू भेट्ने चाहना गरेकी थिइन्। अहिले धुर्मुस -सुनातली लगायत अन्य थुप्रै कलाकारहरु उनलाई भेट्न पुगेका छन्।