मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुला

...

काठमाडौँ । द हिडेन ट्रेजरले मिस नेपाल २०२५ को लागि आवेदन खुला गरेको छ। १८-२७ वर्ष उमेर समूहका युवतीहरूले आवेदन दिन सक्नेछन्।साथै  प्रतियोगिताको अन्तिम मिति २०८२ आषाढ २६ गतेसम्म रहेको छ भने फिनाले भदौ १४ गते गोदावरीमा हुनेछ र हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो विजेता छानिनेछन्, जसमध्ये नेपालले पहिलो पटक मिस कोस्मो इन्टरनेशनलमा भाग लिनेछ।

द हिडेन ट्रेजरले मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुला गरेको छ। यसका लागि देश-विदेशमा रहेका इच्छुक युवतीहरूलाई यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन आवेदन दिन आह्वान गरिएको छ। आवेदन दिने अन्तिम म्याद २०८२ आषाढ २६ गते सम्म हुनेछ । मिस नेपाल २०२५ को भव्य फिनाले भदौ १४ गते शनिबार गोदावरीस्थित सनराइज् कन्भेन्सन सेन्टर मा सम्पन्न हुने तय गरिएको छ । फिनाले कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । मिस नेपाल २०२५ मा सहभागी हुन चाहने उम्मेदवारको लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षको बिचमा हुनुपर्नेछ। आवेदकले नेपाली नागरिकता लिनु अनिवार्य छ। दर्ता निःशुल्क रहेको छ ।

मिस नेपाल २०२५ को खोजी देशका विभिन्न शहरहरूमा गरिनेछ, जसमा विर्तामोड, नेपालगञ्ज र जनकपुर प्रमुख छन्। यसै अवधिमा काठमाडौंका १० वटा कलेजहरूमा मिस नेपाल एक्टिभेसन क्याम्पेन सञ्चालन गरिनेछ । अन्तिम अडिसन आषाढ २८ गते काठमाडौंमा हुनेछ । छनौट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेको तयारीका लागि ग्रुमिङ तथा विशेष प्रशिक्षण प्राप्त गर्नेछन् ।