
काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत १२ औँ दिनमा धरौटीमा रिहा भएकी छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा बस्नेतलाई रिहा गर्न आदेश दिएको हो ।
टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने गरी विभिन्न नेता र दलविरुद्ध सामग्री पोस्ट गरेको आरोपमा उनी असार १ मा पक्राउ परेकी थिइन् । उनी विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अदालतमा अभियोगपत्र दायर भएको हो ।