
काठमाडौं । हास्य टेलीसिरियल ‘सक्किगोनि’ बन्द भएपनि ‘सक्किगोनि’ टिम भित्रकै केहि व्यक्तिहरु मिलेर अर्को नयाँ कोशेली लिएर आएका छन्। निर्देशक सुरेश थापाले नयाँ हास्य टेलिश्रृंखला ‘धनपुरे टोल’ शुभारम्भ गरेका छन्। निर्देशक सुरेश थापा नै यो श्रृंखलाका लेखक हुन् । यो श्रृंखलाकी कार्यकारी निर्माता राधिका श्रेष्ठ हुन् ।
दुई दिन अघि यूट्युबबाट प्रीमियर गरिएको टेलिश्रृंखला ‘धनपुरे टोल’ हरेक आइतवार राति एपि वान टेलिभिजन तथा ईएच डिजिटल युटुयुब च्यानलबाट प्रसारण हुन्छ। यस टेलीसिरियलमा केशव सापकोटा, बबिन राई, रश्मी पाण्डे, अनुमति नेपाली, भावना आचार्य, सुष्मिता कुँवर, प्रल्हाद गिरी, कविराज भाम, सपना क्षेत्री, प्रमिला चाम्लिङ राई, जोस्ना दर्लामी मगर, गणेश अछामी, सन्तोष पराजुली, धर्मराज भट्टराई, दिनेश श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् ।
गोकुल अधिकारीको छायांकन, राजेन्द्र मानन्धरको सम्पादन, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स तथा कलर, श्रीकृष्ण श्रेष्ठको अवधारणा, कथा तथा निर्माणमा तयार भएको यो श्रृंखलामा शिव मुखियाको गायन तथा संगीत,आरसी रेग्मीको शब्द रचनाको गीतसमेत समावेश गरिएको छ । सिरियलमा गाउघरको एउटा टोलमा रहने भिन्न -भिन्न स्वभावका पात्रहरुको कथा देखाउन खोजिएको छ।