नेपाल अटोमोटिभ व्यवसायीको अध्यक्षमा खगेन्द्र सिंह बम चयन

...

काठमाडौँ । नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको प्रथम अधिवेशन तथा साधारण सभाले संस्थाको अध्यक्षमा खगेन्द्र सिंह बम र सह अध्यक्षमा कुमार चिमोरियालाई चयन गरेको छ ।

शनिवार ललितपुरको एकान्त कुनामा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा लक्ष्मण बन्जारा, महासचिवमा प्रकाश बस्नेत, उपमहासचिवमा राजेन्द्र कुमार राउत, सचिवमा नेत्र कटुवाल र कमल गौतम, कोषाध्यक्षमा जोती मान बानिया, सह कोषाध्यक्षमा सन्तोष न्यौपानेलाई चयन गरिएको सह अध्यक्ष कुमार चिमोरियाले जानकारी दिएका छन् ।

संस्थाको केन्द्रीय सदस्यहरूमा रोशन पौडेल, विनोद त्रिपाठी, जयराम अधिकारी, सुनिल पुरी, राजकुमार डङ्गोल, भूपेन्द्र भण्डारी, रामबहादुर बस्नेत, अमन लामा, शम्भु घिमिरे लगायत चयन भएका छन् ।