माघ, काठमाडौं । गएको बि.स. २०७२ सालको बैशाख १२ गतेको महाभुकम्पको गिती बृतचित्र बिमोचन गरीएको छ । ओम बहादुर जिसीले लेखन तथा निर्माण गरेको बृतचित्र मंगलबार उपराष्ट्रपति नन्द बहादुर पुनले एक कार्यक्रमका बिच बिमोचन गरेका हुन् ।
उक्त गिती बृतचित्रको भिडियोलाई रेशम सापकोटाले निर्देशन गरेका हुन् । भिडियो ७२ मिनेटको रहेको छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुनले नेपालमा गएको बिनाशकारी भुकम्पको यथार्थ घटना बिबरण बृतचित्रमा उठाईएको छ र मानिसलाई मनपर्ने संगीत दिएर यसरी बृतचित्रमा उतारेकोमा ओम बहादुर जिसीलाई बधाई दिएका थिए । साथै पुनले भुकम्प एक प्राकृतिक बिपत्ति भएकाले पनि सामना गर्नै पर्ने भएकाले अब कसरी नेपाललाई राम्रो र पहिलाको जस्तो बनाउने भन्नेबारे सबैले सोच्न आवश्यक भएको बताएका थिए।
कार्यक्रममा बिशिष्ट अतिथि रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले पनि ओम बहादुरले निकालेको गीति बृतचित्रले मन छोएको बताए । साथै उनले सम्पुर्ण संगीतप्रेमीहरुको तर्फबाट बधाई दिएका थिए । साथै कार्यक्रममा कलाकार मनोज गजुरेल र युवापुस्ताका लोकप्रिय गायक हेमन्त शर्माले पनि गिती बृतचित्र र ओमबहादुर जिसीको प्रशंशा गरेका थिए ।
०७२ सालको बैशाख १२ गतेको भुकम्पले नेपालमा भएको जनधनको क्षतिबारे गितीमा उतारीएको लेखक ओम बहादुर जिसीले बताए । साथै यस गिती बृतचित्रको बिक्रीबाट उठेको सम्पुर्ण रकम धरहरा निर्माणमा लगानी गरीने ओम बहादुरले जानकारी दिए । कार्यक्रममा बृतचित्रमा अभिनय गरेका कलाकार तथा अन्य बिशिष्ट ब्यक्तिहरुको पनि उपस्थिती थियो ।
तस्बिरः सरोज सिम्खडा /आर्टिस्ट खबर