‘रंगुन’ चलचित्र कपिराईट्सको फन्दामा

...

<p><b>फागुन, काठमाडौं । </b>बलिउड चलचित्र ‘रंगुन’ कानुनी फन्दामा परेको छ । चलचित्रमा कंगनाको भूमिकालाई लिएर कपीराइट्सको उल्लंघन गरेको मुद्दा दर्ता गरिएको नवभारतटाइमको अनलाइनले जनाएको छ । यो मुद्दाको सुनुवाई २० फेब्रुअरीमा मुम्बई हाइकोर्टमा हुनेछ । मुम्बई हाइकोर्टमा वाडिया मुभीटोन कम्पनीले रंगुनका निर्माता साजिद नाडियावाला र निर्देशक विशाल भारद्वाजविरुद्ध मुद्दा दर्ता गरेको हो ।</p><p>कंगना रनौट, शाहिद कपुर र सैफअली खानको मुख्य भुमिका रहेको यस चलचित्रलाई विशाल भारद्वाजले निर्देशन गरेका हुन् । यो सबै विवाद कंगना रनौटद्वारा निर्वाह गरिएको भूमिका जुलियालाई लिएर उत्पनन भएको छ । रंगुनमा कंगनाको भूमिका ५० को दशकमा चलचित्रमा काम गर्ने नाडियामा आधारित रहेको वाडिया मुभीटोनको दाबी छ । फियरलेस नाडियाको नामबाट चर्चित कलाकारको नाम म्यारी एभन्स थियो । जो अस्ट्रेलियाकी थिइन् ।</p><p>भारतीय मिडियाहरुसँग कुरागर्दै चलचित्रका कलाकार शाहिद कपुरले चलचित्रको कथा एउटा लभ टे«ङ्गलमा आधारित वा प्रभावित रहेको बताएका छन् । उनले विशालले कहिलेपनि यो चलचित्र फियरलेस नाडियाका जीवनीमा आधारित भएर नभनेको उनले बताए । शाहिदले चलचित्र र पात्र कसैसँग पनि प्रत्यक्ष रुपमा आधारित या सम्बन्धित नभएको बताएका छन् ।</p><p>एजेन्सी ।&nbsp;</p>