<p><b>फागुन, काठमाडौं ।</b> गायिका मुना थापाले कता हुनुहुन्छ ? भृकुटीमण्डपमा भेटौ है आज भनिरहँदा लाग्न सक्छ, आखिर किन बोलाइन् त मुनाले ? गायिका मुनाले कुनै अन्यकामका लागी नभएर राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्न लागेको तेस्रो अन्तर दोहोरी साँझ स्तरीय रनिङ्ग शिल्ड राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा सबैलाई भेट्नका लागी आग्रह गर्दै सबैमाझ सामाजिक सञ्जालबाट म्यासेज गरेकी हुन् ।</p><p>आजको कार्यक्रम पुर्ननिर्माण प्राधिकरणका सिइओ गोबिन्द पोख्रेल द्धारा उद्घाटन हुने लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले आर्टिस्ट खबरलाई जानकारी दिए । उद्घाटन दिउँसो १ बजे हुने बताइएको छ । आज फागुन १२ गतेबाट शुरु भएर १६ गतेसम्म चल्ने यस प्रतियोगीता प्रत्येक दिन बिहान १० देखी बेलुका ५ बजेसम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार पुस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै सान्तवना पुरस्कार २५ हजार प्रदान गरिनेछ भने उत्कृष्ठ गायक र गायिकाले १५,१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।</p>