नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’ बन्ने

...

काठमाडौँ । नयाँ फिल्म तिमी मेरो म तिम्रो बन्ने भएको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्नेछन् । काठमाडौँमा शुक्रबार एक कार्यक्रम गर्दै चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरिएको हो ।

चलचित्र प्रेम कथामा आधारित हुने निर्देशक लामिछानेले जानकारी दिएका छन् । नेपाली चलचित्र उद्योगमा प्रेमकथामा आधारित चलचित्रको संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने चलचित्र निर्माण गर्न लागिएको उनले बताए । चलचित्रको मुख्य भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नब नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ भने म्युजिक युग भुसालको छ ।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने चलचित्रको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन् । एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन् ।

नरेन्द्र मैनालीको डीओपी रहने सिनेमा मनीष गौतमले लेखेका छन् ।