फागुन, काठमाडौं । बिभिन्न फेसन शो देखी म्युजीक भिडियोहरुमा देखिइसकेकी मोडल अञ्जली लामा अब चलचित्र ‘लाहुरे’को मुख्य भुमिकाका लागी पक्का भएकी छिन् । दुर्गीस फिल्मस्को ब्यानरमा निर्माण हुने भनिएको यस चलचित्रका लागी यसअघिनै श्रृष्टि श्रेष्ठ र आस्था व्याण्डका गायक नरेन लिम्बु फाइनल भैसकेका छन् ।

चलचित्रका निर्माता सुनिल रावलले दिएको जानकारी अनुसार चलचित्र केही दिनमै छांयाकनमा निस्कने र अञ्जलीलाई यसै चलचित्रमा मुख्य कलाकारको रुपमा दर्शकले हेर्न पाउनेछन् । निगम श्रेष्ठले निर्देशन गर्ने यस सिनेमामा नरेनका अलावा श्रृष्टी श्रेष्ठ, विक्रम सिंह, मेरुना मगर सुमन चित्रकार लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चैत १५ देखी छायाँकनमा जाने यस चलचित्र काठमाडौं, धरान र दाजर्लिङ लगायतका ठाउँहरुमा छायांकन गरीने बताइएको छ ।