धुर्मुस सुन्तलीलाई संघिय मामिला मन्त्रालयको १ लाख सहयोग

...

<p><b>फागुन, काठमाडौं ।</b> महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी संघिय महिला तथा स्थानिय विकाश मन्त्रालयका कर्मचारीहरुले १ लाख २ हजार ५ सय १० रुपैया सहयोग गरेका छन् । बस्ती निर्माणमा रकम अभाव भन्ने समाचार सुनेर आफुहरुले सहयोग गरेको मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बताएका छन् ।</p><p>धुर्मुस सुन्तलीले नेपाल र नेपालीको लागी गरेको यस्ता उदाहरणिय कामले सबैलाई देश निर्माणको संदेश दिएको भन्दै सबैलाई एकजुट बनाउने यो जोडिको हरेक कामका लागी शुभकामना समेत दिए । फाउण्डेशनकि कोषाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीलाई रकम हस्तान्तरण गदै मन्त्रालयका सतव अधिकारीले धुर्मुस सुन्तली सद्भावना दृतमा नियुक्ती भएकोमा बधाई समेत दिएका छन् । उनले धुर्मुस सुनतलीको कामलाई आफुले नजिकबाट नियालीरहेको भन्दै हरेक निर्माण कार्यमा साथ र सहयोग गर्न आफ्नो मन्त्रालय तयार भएको समेत बताएका छन् ।</p><p>मन्त्रालयका ११८ कर्मचारीको संयुक्त प्रयासमा यो सहयोग रकम संकलन भएको हो । बिभिन्न सञ्चार माध्यममा आएका आर्थिक संकटको समाचारले धुर्मुस सुन्तलीको यो महान काममा अवरोध नआयोस भन्नका लागी आफुहरुले सहयोग गरेको उनले बताए । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको मुसहर बस्तीमा अहिले घरको छत छाउने काम भईरहेको छ । यहि २५ गते २ महिना पुग्ने बस्तीको ६० प्रतिशत भन्दा बढी काम सक्किसकेको बताईएको छ ।</p>