गायिका आगन्तुक खरेलले खोलिन् ‘प्रीटि सलून’

...

काठमाडौँ । गायिका आगन्तुक खरेलले आफ्नो सलुनको ब्यवसाय अगाडी बढाएकी छिन् । उनले काठमाडौंको शंखमुलमा प्रीटि सलुन’ सन्चालनमा ल्याएकी हुन् । गायिका खरेलकी सुपुत्री आँचल पुनले रिबन काट्दै उक्त सलूनको औपचारिक उद्घाटन गरेकी थिइन् । रिबन काटेलगत्तै गायिका खरेलसहितका सेलिब्रेटीहरुले केक काटेर सलूनको उद्घाटन समारोहलाई थप भव्य बनाएका थिए ।

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा पछिल्लो ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘प्रीटि सलुन’ ले अब काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा प्रारम्भ गरिएको जानकारी गराइएको थियो ।

सलूनकी सञ्चालिका गायिका खरेलका अनुसार प्रीटि सलुनको प्रमुख विशेषता गुणस्तरीय सेवा, आधुनिक प्रविधि र अनुभवी विशेषज्ञमार्फत प्रत्येक ग्राहकको व्यक्तिगत आवश्यकता अनुसार सेवा प्रदान गर्नु हो ।