‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, दाजुभाइदेखि देउरानी–जेठानीको झगडासम्मको कथा

...

काठमाडौं । बहुप्रतीक्षित चलचित्रझिंगे दाउ २को ट्रेलर सार्वजनिक भएको छ । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलरले पारिवारिक सम्बन्ध, दाजुभाइबीचको द्वन्द्व, देउरानीजेठानीको झगडा र आमाको ममताको कथा प्रस्तुत गरेको छ ।

सार्वजनिक ट्रेलरमा परिवारभित्रको सम्बन्धमा आउने उतारचढावसँगै सन्तानप्रतिको आमाको प्रेम र हराएकी आमाको खोजीलाई समेत कथाको महत्वपूर्ण हिस्साका रूपमा देखाइएको छ । ट्रेलरमा पारिवारिक द्वन्द्व र भावनात्मक पक्षसँगै विभिन्न घटनाक्रमले चलचित्रको कथा थप रहस्यमय बनाएको छ ।

ट्रेलर सार्वजनिक भएसँगैझिंगे दाउ २प्रति दर्शकको उत्सुकता अझ बढ्ने देखिएको छ । विशेषगरी चलचित्रको अघिल्लो भागले बनाएको आधार र यसपटक ट्रेलरमा देखाइएको पारिवारिक कथावस्तुले दर्शकलाई हलसम्म तान्ने अपेक्षा निर्माण पक्षको छ ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रका सहनिर्माता रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा हुन् ।

चलचित्रमा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रको लेखन गोविन्दु फुयाँल र शिशिर चालिसेले गरेका हुन् । विष्णु घिमिरेकल्पितको छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।

यसअघि सार्वजनिक चलचित्रकोजेठानी भर्सेस देउरानीबोलको तीज ब्याटल गीतले पनि दर्शकको राम्रो ध्यान खिचिसकेको छ । गीतले छोटो समयमै युट्युब र टिकटकमा चर्चा पाउँदै ३७ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको निर्माण पक्षले जनाएको छ ।

त्यस्तै, ‘झिंगे दाउको पहिलो भागले युट्युबमा ८० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । पहिलो भागलाई युट्युबमा रुचाएका दर्शकझिंगे दाउ २प्रति समेत उत्साहित देखिएका छन् ।

झिंगे दाउ २असोज २ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।