चर्चित गीत ‘आँधीखोला उर्लेर आयो’ फेरी आशिष अबिरल र कल्पना देबकोटाको स्वरमा

...

काठमाडौं । निकै लोकप्रिय गीत ‘आँधीखोला उर्लेर आयो’ फेरी रेकर्ड भएर सार्वजनिक भएको छ । यसपटकको संस्करणमा चर्चित गायक तथा संगीतकार आशिष अबिरल जोडिएका छन् । गीतमा आशिष र गायिका कल्पना देबकोटाको स्वर छ । गीतमा शब्द र संगीत लक्ष्मण पौडेलको छ । गीतलाई एरेन्ज र संयोजन गर्ने काम गायक आशिषले नै गरेका हुन् ।

गीतको भिडियोमा पनि गायक आशिष नै देखिएका छन् । भिडियोमा उनीसँगै मोडल अन्जली अधिकारीको नृत्य देख्न सकिन्छ । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । बुद्ध थापाले खिचेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियो लक्ष्मण कल्पना युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।