काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले आयोजना गरेको दुईदिने ‘स्पेस एन्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ सम्पन्न भएको छ।
कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित एक्स्पोमा ‘क्याफे डिजाइन’ र ‘थेसिस डिजाइन’ विधामा विद्यार्थीले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। १०१ विद्यार्थी सहभागी एक्स्पोमा ४२ थेसिस र ७८ क्याफे डिजाइन प्रदर्शनीमा राखिएका थिए।

भोल्युम ६ अन्तर्गत क्याफे डिजाइनमा रुची बानियाँ र थेसिस डिजाइनमा दिपेश माली विजेता बने। यस्तै, भोल्युम ७ अन्तर्गत क्याफे डिजाइनमा विवेक श्रेष्ठ र थेसिस डिजाइनमा एन्जल सिंह महर्जन उत्कृष्ट घोषित भए। प्रतियोगितामा क्याफे डिजाइनका विजेता, प्रथम र दोस्रो रनरअपले क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ तथा थेसिस डिजाइनतर्फ विजेता, प्रथम र दोस्रो रनरअपले क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथि माल्टाका लागि नेपाली कन्सुलर दिनेश श्रेष्ठ तथा आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पालगायतले पुरस्कार प्रदान गरेका थिए। समापन समारोहमा आईआईएफटीबाट उत्तीर्ण विद्यार्थीका लागि दीक्षान्त समारोहसमेत आयोजना गरिएको थियो।








१९ आश्विन २०८३, सोमबार १५:०१ 









