२० हजार गीत गाईसकेकी यी गायिका जसलाई अहिले अफर नै आउँदैन

बर्थ डे स्पेशल

चैत, काठमाडौं । बलिउडमा थुप्रै गायक गायिका छन् जसले दिनहुँ चलचित्रहरुका लागी गीत गाइरहेका हुन्छन् । एकगीत बाटै राता रात चर्चामा आउने गायक तथा गायिकाहरु पनि थुप्रै छन् । जब कुनै एक दुई गीतले बजारमा चर्चा पाउँछन्, गायक तथा गायिकाहरुलाई अन्य गीत गाउन अफरको ओइरो लाग्न थाल्छ ।

यस्तै भारतकीपुरानी गायिका हुन् अल्का याग्निक । अल्काले आज आफ्नो ५१ औं जन्मदिन मनाउँदै छिन् । उनले बलिउडमा आफ्नो ३० बर्ष गीतसंगीतकै लागी दिइन् । एकसमय उनलाई गीतकै लागी दिनुहुँ कैयौं अफरहरु आउने गर्दथे । उनले भारतको सर्वश्रेष्ठ ब्लेब्याक गायिकाको रुपमा नेशनल अवार्डहरु पनि हातपारेकी छिन् । उनको जन्म कोलकत्ताको एक सामान्य परिवारमा भएको थियो ।

उनले आफ्नी आमा शुभा याग्रिकसँग शास्त्रीय संगीत सिकेकी हुन् । घरमै संगीतको माहोल मिलेकाले पनि उनलाई संगीतमा रुची बढ्दै गयो र ठुलो सफलता हात पारीन् । उनले ६ बर्षको उमेर देखी नै गीत गाउन शुरु गरेकी थिइन् । उनले धेरै भजन पनि गाएकी छिन् ।

'२०१६ मा गायका केहि चलचित्रहरुले बक्स अफिसमा खासै राम्रो ब्यापार गर्न नसकेपछि उनलाई पछिल्लो समय गीत गाउनका लागी अफर नै आउन छाडेका छन् ।'

१० बर्षको उमेरमै आफ्नी आमासँग उनी फिल्म निर्माता राज कपूरलाई भेट्न पुगीन् । राजकपूरले उनको आवाजको जादु देखेर लक्ष्मीकांत प्यारेलालसँग भेटाए र आफ्नो सांगीतीक यात्रा शुरु गरीन् । अल्काले आँफु ब्लेब्याक गायिकाको रुपमा करियर सन् १९७९ मा चलचित्र पायल की झंकार बाट शुरु गरेकी हुन् ।

अल्काले जब अमिताभ बच्चनको चलचित्र 'लावारिस' को गीत 'अंगने मे' गाइन् तब एकाएक चर्चामा आइन् र उनलाई गीतका लागी धेरै अफर आउन थाले । शुरुवातका ८ बर्ष भने उनलाई बलिउडमा संघर्ष नै गर्नुपरेको थियो । उनलाई सन् १९८८ मा चलचित्र 'तेजाबु' को गीत 'दो तीन' बाट प्लेबैक गायिकाको रुपमा पहिचान बनाएकी हुन् ।

अल्काले अहिलेसम्म बलिउडका ७ सय चलचित्रका २० हजार गीत गाइसकेकी छिन् । तर पछिल्लो समय उनले गीत गाउन छोडेको पनि धेरै हुन लागिसक्यो । पछिल्लो समय बलिउडमा पनि धेरै नयाँ गायक गायिकाहरु आएसँगै उनलाई अफर आउन छाडेका छन् ।

सन् २०१६ का तिन चलचित्रका गीतहरुमा उनले आफ्नो आवाज दिएकी छिन् । उनले गाएका ति चलचत्रिहरुले बक्स अफिसमा खासै राम्रो ब्यापार गर्न नसकेपछि उनलाई पछिल्लो समय गीत गाउनका लागी अफर नै आउन छाडेका छन् ।