दर्शककै मायाले अमेरीकाको स्थाई बसोबास छोडेँः यम बराल

चैत, काठमाडौं  ।

सांगितीक यात्रामा एक हजार भन्दा बढी गीत गाईसकेका गायक हुन् यम बराल । 'निस्ठुरीले छाडेर गईहाली', 'मायाले यसरी मार्यो', 'बादलुको घुम्टोले ईलाम बजार छोपिदा', 'हेर हेर पुर्वबाट झुल्किएछ घाम' लगायतका थुप्रै गीत गीत दिएका यम बराल पाँचवर्ष अघि अमेरिकी बसोबासको वैधानिकता (ग्रीन कार्ड) पाएपछि धेरैलाई लागेको थियो कि अब उनका गीत सुन्न नपाइएला । तर यमलाई नेपालको मायाले अमेरीकामै राख्न सकेन । उनी अमेरीकाको स्थाई बसोबास छाडेर अहिले नेपालमै छन् ।

यमले नेपालको यतिलामो सांगितीक यात्रालाई चटक्कै माया मारेर अमेरीकामा बस्न नसकेको बताएका छन् । 'मैले नेपाली दर्शककै मायाले अमेरीकाको स्थाई बसोबास छोडेर नेपाल फर्किएको छुँ, पक्कै पनि दर्शकलाई खुसी लाग्नेछ म नेपाल फर्किएँ भन्दा', यमले भने । यम यतिखेर नेपाल भित्रका स्टेज कार्यक्रमहरुमा निकै नै ब्यस्त छन् ।

‘अब म नेपालमै आफ्नो सांगीतिक यात्रालाई अझ उचाईमा पुर्‍याउने कोशिस गर्नेछु । केही समयको ‘ग्याप’भएपनि मुलधार मै फर्किने मेरो प्रयास हुनेछ ।’, यमले भने । यमले अमेरीकाबाट फर्के लगत्तै आफ्नो बाह्रौं गीति एल्बम पनि सार्वजनिक गरीसकेका छन् । गएको फागुन २ गते सार्वजनिक गरीएको  ‘मन भमरा’ एल्बममा १० गीत संग्रहित छन् ।