<pre><b>वैशाख, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बलीउड एक्टर संजय दत्तको विरुद्ध जमानत दिन नमिल्ने वारेन्ट जारी भएको छ। भारतीय मिडिया न्यूज एजेंसी एएनआई का अनुसार उनलाई शकील नूरानीलाई धम्की दिएका कारण वारेन्ट दर्ता गरिएको हो। मुंबईको अंधेरी मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टले वारेन्ट जारी गरेको हो। यस अघि पनि कोर्टले संजय विरुद्ध सम्मन जारी गरिसकेको थियो। </p><p style="text-align: justify; ">तर यो मामला भने २००२ को हो। शकील नूरानीले संजय लाई आफ्नो फिल्म 'जान की बाजी' का लागि ५० लाख दिएर साइन गराएका थिए। पछि नूरानीले संजय ले फिल्म बिचमै छोडेको आरोप लगाएका थिए। जसका कारण नुरानीलाई ५ करोड नोक्सान भएको थियो। </p><p style="text-align: justify; ">यतिवेला शकीलले संजयलाई सम्पर्क गर्न खोज्दा संजयले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। एजेन्सी</p>