<pre><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">नेपाल चलचित्र संघको अध्यक्ष प्रदीपकुमार उदयले पदभार सम्हालेका छन् । विहिबार निवर्तमान अध्यक्ष नकिम उद्दिनले पदभार हस्तान्तरण गरेसँगै पद सम्हालेका हुन् । हेटौंडामा सम्पन्न ४४ औं साधारण सभाले उनलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो ।</p><p style="text-align: justify; ">उनले सिनेमालाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउनु आफ्नो प्रमुख एजेन्डा रहेको बताए । ‘हामी सबैले मिलेर गर्न सक्यौं भनेर नेपाली चलचित्रको स्वर्ण युग पुनः आउनेछ’ उनले भने । उनले नीतिभन्दा पदको चर्चा बढेको भन्दै आगामी बजेटमा मतैक्यता दर्शाउन सिने संस्थाहरुलाई आग्रह गरे ।</p><p style="text-align: justify; ">अध्यक्ष उदयलाई निवर्तमान अध्यक्ष उद्दिनले सपथ खुवाएका थिए । सोही क्रममा अन्य पदाधिकारीहरुलाई प्रमाणपत्र पनि वितरण गरियो । चलचित्र संघ नेपाली चलचित्र हलहरुको छाता संस्था हो ।</p>