
<pre><b>बैशाख, काठमाडौं।</b></pre><p><p style="text-align: justify;">कुमार गुरुङले आधुनिक तथा पप गीतको संगालो ‘सुगम’ एल्बम लिएर आएका छन् । थाहा सञ्चार नेटवर्कमार्फत देशभरिका सयभन्दा बढी रेडियोमा प्रसारण हुने लोकप्रिय साहित्यिक कार्यक्रम ‘बहकिने मन’ मार्फत कुमारको ‘सुगम’ एल्बम सार्वजनिक गरिएको हो । एल्बम गायक तथा नायक यशकुमार र कवि रावतले संयुक्त रूपमा विमोचन गरेका हुन् । <br>‘बहकिने मन’ शीर्षकको गीत बजाएर एल्बम विमोचन गरिएको कार्यक्रममा सोही एल्बमका ‘हे मायालु’ र ‘एक नदी’ बोलको गीत पनि प्रसारण गरिएको थियो । कार्यक्रमका प्रस्तोता महावीर विश्वकर्माले कुमार गुरुङ, यशकुमार र रावतसँग सोही एल्बममा आधारित भएर प्रश्नोत्तर गरेका थिए । <br>‘सुगम’ मा यशकुमार, सेन्चुरी सुरेश घमाल, सिन्धुलीयन गुराँस र रेशम श्रीसले लेखेका ६ वटा गीत समावेश छन् । त्यस्तै ४ वटा गीतमा कुमार आफैँले संगीत भरेका छन् भने बाँकी २ मध्ये ‘हे मायालु’ मा यशकुमार र ‘हाम्रो प्रेमको’ मा दीपक शर्माले संगीत भरेका छन् । अमर प्रेम म्युजिक प्रालिले एल्बमको बजार र वितरणको जिम्मा लिएको छ ।</p></p>