सलमानको करियरकै बेस्ट फिल्म ‘ट्युबलाईट’

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड स्टार सलमान खानको फिल्म दर्शकहरुमा निकैनै प्रतिक्षित बन्ने गर्छ। उनको फिल्मको सानो जानकारीले पनि फ्यानहरुमा निकैनै चर्चा पाउने गर्छ। यसैबिच सलमानको आगामि फिल्म ट्युबलाईटको टिजर रिलिज भइसकेको छ। र टिजरबाट पनि उनलाई निकैनै राम्रो प्रतिकृया मिलिरहेको छ। यसै विच फिल्मका निर्देशक कविर खानले फ्यानहरु माझ फिल्मको बारेमा खुलेर कुरा गरेका छन्।यस अघि सलमानको साथमा &nbsp; ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’ बनाएका निर्देशक कविर खानले 'ट्युबलाईट' मा सलमानको पृथक भुमिका रहेको जनाएका छन्। उनले यस अघि सलमानले यस्तो भुमिका नखेलेको भन्दै सलमानको करियरकै उत्कृष्ट फिल्मको रुपमा 'ट्युबलाईट 'रहेको दाबी गरेका छन्।&nbsp;</p><p>सन् १९६२को भारत चीन को युद्धमा आधारित रहेको 'ट्युबलाईट'मा सलमानले युद्धमा हराएको दाईलाई खोज्ने भाईको भुमिका खेलेका छन्। &nbsp;एजेन्सी</p>