<pre><b>असार काठमाडौं। </b></pre><p>बलिउडका बादशाहको रुपमा चिनिएका शाहरुख खान करोडौं फ्यानहरुको नजरमा रोल मोडल बन्न सफल छन्। उनै सुपरस्टारले आफुलाई चरित्रहीन हुं म महिलालाई गलत नजरले हेर्ने गर्छु भन्दा कस्लाई विश्वास लागन सक्छ र। तर हालै शाहरुखले यस्तो कुरा गरेका छन्। उनले भनेका छन्- म चरित्रहीन छु, घटिया छु र केटीहरुलाई फोहोरी नजरले हेर्छु। </p><p> हालै निर्देशक इम्तियाज अली को बर्थडे पार्टी मा उनले यो वाक्य बोलेका हुन्। वास्तवमा उनी यस्तो भने पक्कै छैनन्। यो उनको अपकमिंग फिलम 'जब हेरी मेट सेजल' को डायलग हो। उनले शुक्रवार आयोजित पार्टी को दौरान सबैको अगाडि फिल्मको डायलग सुनाएका थिए। यस फिल्मको डायरेक्टर इम्तियाज अली हुन् र को प्रोड्यूसर शाहरुख खान हुन्। फिल्ममा शाहरुखको साथमा अनुष्का शर्मा लिड रोलमा रहेकी छिन्। </p><p> फिल्मको प्रोमो छिट्टैनै रिलीज हुँदैछ। र फिल्म को प्रोमो रिलीज हुनु भन्दा अघिनै शाहरुखले फिल्मका केही डायलगहरु इम्तियाज को पार्टी मा सुनाएका हुन्। एजेन्सी</p>