
<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; ">पछिल्लो समय नेपाली चलचित्रहरुले नेपाली दर्शकका साथै विदेशी दर्शकहरु पनि कमाउन थालेको छ। यसैविच दर्शकमाझ निकैनै प्रतिक्षित बनेको चलचित्र 'धनपति'ले चलचित्र प्रर्दशनमा नयां विशेषता थपेको छ। निर्माण पक्षले विदेशी दर्शकहरुलाई पनि मध्य नजर गर्दै चलचित्र अंग्रेजी सव टाइटल पनि रिलिज गर्ने भएका छन्। निर्माण पक्षले राजधानीको कमलपोखरीस्थित कुमारी हलमा अंग्रेजी सव टाइटल सहित चलचित्र प्रर्दशन गरिने बताएका छन्। </p><p style="text-align: justify; ">विदेशी पर्यटकहरुले पनि नेपाली चलचित्रलाई रुचाउन थालेको र अंग्रेजी सब टाइटल नभएका कारण चलचित्र हेर्न कठिनाई भोगिरहेका हरुका लागि भनेर अंग्रेजी सब टाइटलमा पनि प्रर्दशन गर्नुपर्ने माग भएका कारण आफुले अंग्रेजी सब टाइटल राखेको निर्देशक दिपेन्द्र के. खनालले बताएका छन्। </p><p style="text-align: justify; ">असार २३ बाट देशभर प्रर्दशनमा आउन लागेको चलचित्रमा खगेन्द्र लामिछाने , सुरक्षा पन्त को मुख्य भुमिका रहेको छ। साथै चलचित्रमा आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेको पनि अभिनय रहेको छ। </p>