
<pre><b>असार, काठमाडौं।</b></pre><p><p style="text-align: justify;">चर्चित नायिका प्रियंका कार्की र नायक सौगात मल्ल को मुख्य भुमिकामा बनेको चलचित्र 'फाटेको जुत्ता'को छायांकन सकिएको छ। चलचित्र निर्माण पक्षले ३२ दिनमा छायांकन सकिएको जानकारी दिएको छ। विरगंजका विभिन्न स्थानहरुमा चलचित्रको छायांकन गरिएको छ। विरगंजको चर्को घाममा निकै कष्टका साथ छायांकन गरिएको बताउँदै निर्माता अर्जुन कुमारले मधेस बन्दका कारण जंगलमा लुकेर छायांकन गर्नुपरेको बताएका छन्। साथै उनले बन्दका कारण अनुमान गरिएको बजेट भन्दा १५ लाख बढी खर्च भएको बताएका छन्। <br>कार्तिकमा प्रर्दशनमा आउने बताइएको यस चलचित्रमा सौगात र प्रियंकाको अलावा कामेश्वर चौरासिया, बर्षा राउत, रविन्द्र झा, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको छ। </p></p>