आर्टिस्ट खबर/ असार, काठमाडौं ।

नेपालको विश्वकर्मा समुदायका युवतीहरुमा लुकेको प्रतिभालाई सौन्दर्य प्रतियोगिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेशनल हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको औपचारिक घोषणा गरिएको थियो ।

मोनाली इन्टरनेशनलको आयोजनामा हुने यस मिस विश्वकर्मा इन्टरनेशनलमा विश्वकर्मा समुदायका युवतीहरुले सहभागी हुन पाउनेछन् । यो प्रतियोगीता कस्तो हो भन्ने पत्रकारहरुको प्रश्नमा आयोजक संस्थाका अध्यक्ष दिपक बराईली भन्छन्— ‘मिस मंगोल, मिस नेवा जस्ता प्रतियोगीता जस्तो यो पनि विश्वकर्मा समुदायका युवतीहरुको लुकेको प्रतिभालाई बाहिर निकाल्ने माध्यम हो ।’ साथै बराईली यो प्रतियोगीता आउदो सेप्टेम्बर ८ मा कतारमा सम्पन्न हुने बताए । ‘बिभिन्न समुदायहरु भित्रको आफ्नै खालको प्रतिस्पर्धा गराउने चलन रहेको र हामीले पनि यहि कार्य सुरु गरेका हौं । विश्वकर्मा समुदायका युवतीहरु पनि मिस विश्वकर्मा हुदै मिस नेपालसम्म जान सक्नेछन् ।’, अध्यक्ष बराईलीले भने ।

कार्यक्रममा अतिथिमा रहेका गायक रामकृष्ण ढकालले पछिल्लो पुस्तामा त विश्वकर्मा भन्ने कुरा लगभग हराइसकेको र त्यस्तो भेदभाव पनि नभएको बताए । साथै कतारमा सम्पन्न हुने यस प्रतियोगीतामा आफ्नो पनि सांगितिक प्रस्तुती रहने जानकारी दिए । साथै कार्यक्रममा पुगेकी नायिका पुजा शर्माले पनि मिस विश्वकर्मा इन्टरनेशनललाई शुभकामना दिइन् । कार्यक्रमका अर्का अतिथि संगीतकार बि.बि. अनुरागीले आफुपनि विश्वकर्माकै छोरा भएकोले यस्तो प्रतियोगीता हुनलागेकोमा आफुपनि सहभागी हुन पाउदा खुसी लागेको बताए । उनले विश्वकर्माहरु हिलोबाट उम्रिएको फुल भएको र उनीहरुको बासना संसारभर फैलाउनका लागी यस्ता कार्यक्रमहरुले ठुलो सहयोग मिल्ने बताए ।