
<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; ">आमिर खान को फिल्म दगंलले विश्वभरमा २००० करोडको कमाई गर्दै नयाँ रेकर्ड बनाएको छ। फिल्मको यो कमाइले विश्वमै २००० करोडको कमाइ गर्ने पहिलो भारतीय फिल्म बनेको छ। यसका साथै फिल्म वर्ल्डवाइड बक्स अफिस मा सबैभन्दा उत्कृष्ट फिल्महरुको सुचिमा ३०औं स्थानमा परेको छ। दंगल हालै चीनमा ९००० स्क्रीनमा रिलिज भएको थियो र त्यहाँको दर्शकबाट फिल्मले राम्रो साथ पाएको छ। एसएस राजमौली को बाहुबली द कन्क्लुजनको पनि कमाई २००० करोडको हाराहारीमा छ। तर दंगलले यस फिल्मलाई पछि पार्दै २००० करोडको कमाई गर्ने भारतीय फिल्मको नाममा अघि परेको छ। एजेन्सी</p>