
<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; "> निर्माता कृष्ण खनाल द्वारा निर्मित चलचित्र ‘ब्वाईफ्रेण्ड’ माघ १२ गते प्रदर्शनमा आउने भएको छ । सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्याम मिश्र, देवी भण्डारी, बम्जनमञ्जु श्रेष्ठ, कृष्ण खनाल, शुक्र बहादुर बम्जन, पवन खनाल, प्रविण बिष्ट लगायतको अभिनय रहेको यस चलचित्रमा युवा पुस्ताको कथावस्तु लाई दर्साइएको छ। चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका छन्। त्यस्तै चलचित्रमा युवा पिंढीमा चल्दै आएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने होडबाजी तथा अभिभावकले आफ्ना छोरा, छोरीप्रति जिम्मेवारी वहन नगर्दा को परिणामको बिषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले देखाइएको बताइएको छ। </p><p style="text-align: justify; "> मौनता श्रेष्ठको लेखन रहेका चलचित्रमा टंक बुढाथोकी र सोनाम शेर्पाको संगीत, शंकर महर्जनको द्धन्द्ध र पुनम राईको नृत्य रहेको छ ।</p>