गायिका मेचु धिमालले ल्याइन् ‘गागरीको पानीमा’

...

<pre><b>असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">गायिका मेचु धिमालले आफ्नो नयाँ गीत बजारमा ल्याएकी छिन् । पछिल्लो चार वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेकी मेचुले ‘गागरीको पानी…’ बोलको गीतको म्युजीक भिडियो सार्वजनिक गरेकी हुन् । सुगम संगीतमा आधारित उक्त रोमान्टिक गीतको म्युजिक भिडियोमा गायिका धिमाल आफैंले आकर्षक अभिनय तथा नृत्य समेत गरेकी छिन् । अभिनेता नीराजन प्रधानले गायिका धिमाललाई अभिनयमा साथ दिएका छन् ।</p><p style="text-align: justify; ">विभोर पोखरेलद्वारा निर्देशित यो म्युजिक भिडियोलाई गायिका धिमालले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । सुमन गुरुङ यो गीतका गीतकार तथा संगीतकार हुन् । रिकेश गुरुङले यो गीतमा संगीत संयोजन गरेका छन् । ‘गागरीको पानी…’ गीतको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका छन् । रोमान्टिक शैलीको गीत भएका कारण उक्त गीतको भिडियोलाई निर्देश्ँक पोखरेलले रोमान्टिक शैलीमै तयार पारेका छन् । सुप्रीम पराजुली यो भिडियोका सम्पादक तथा कलरिष्ट हुन् ।</p><p style="text-align: justify; ">विगत चार वर्षदेखि डोरेमी संगीत स्कूलमा संगीतको प्रशिक्ष्ँण लिएकी गायिका धिमाल गायनमा सुरिलो सुनिएकी छिन् । संगीतकर्मी भानुभक्त ढकालकी यी चेलीले यसअघि गाएको ‘कदम कदम’ गीत लोकप्रिय भैसकेको छ ।</p><pre style="text-align: justify; ">Music Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/0SSvtaGV0YE" width="640" height="360" class="note-video-clip"></iframe>
</pre><p>&nbsp;</p>