<pre><b>असार, काठमाडौं</b></pre><p style="text-align: justify; ">नेपाली गीत संगीत क्षेत्रमा ‘घाँस काट्ने खुर्केर', ‘गाई त बाध्ने पातको दाम्लो’,‘पिँडिमा बसेर मेरै बाटो हेरेर जस्ता सदाबहार गीतहरु दिएका चर्चित गायक बुद्धिकृष्ण लामिछाने लामो समयदेखि विरामी अवस्थामा रहेका छन्। शरीरको दाहिने भागमा प्यारालाइसिस भएर बागेश्वरीस्थित निजी निवासमा उपचार गराउँदै आएका उनै गायकलाई चर्चित गायिका तथा राप्रपा नेपालकी नेता समेत रहेकी कोमल ओलीले आर्थिक सहयोग गरेकी छिन्। </p><p style="text-align: justify; ">मंगलबार कोमल वली तीन जानको टोली सहित लामिछानेको घरमा पुगेकी थिइन् । आफुले गरेको सहयोग रकम भने नखुलाएकी उनले मिडियासंग लामो समयदेखि घरमा बसेर उपचार गराउँदै आउनु भएको लामिछाने लाई आफुले धेरै सहयोग गर्न नसकेपनि आफुले सकेजति आर्थिक सहयोग गरेर फर्किंएको बताएकी छिन्।</p><div style="text-align: justify; "><br></div>