असार, काठमाडौँ ।

गायिका शुशिला पाठकको पहिलो गीति एल्बम 'सप्तरंगी' को काठमाडौँमा बिमोचन गरिएको छ । अतिथिहरु बरिष्ठगायिका मिरा राणा, संगीतकार शिला बहादुर मोक्तान, चर्चित गायिका कुन्ती मोक्तान, संचारकर्मी शान्ति प्रिय, कलाकार निर्मल शर्मा, गायिका सुक्मित गुरुङ तथा निर्देशक लब कार्कीको बिसेष उपस्थितमा सम्पन्न बिमोचन समारोहमा अन्य धेरै गायक गायिका,कलाकार तथा पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

सप्तरंगी एल्बममा जम्मा पांच वटा गीतहरु रहेको र दुइ वटा ट्रयाक रहेका छन् जसमा शब्द बिष्णु गुरुङ, शान्ति प्रिय, सन्तोष पोखरेल र बिशाल पौडेलको रहेको छ भने त्यसैगरी शिला बहादुर मोक्तान, मनोजराज शिवाकोटी, दिपक शर्मा, कारण राज कार्की तथा बिशाल पौडेलको संगीत रहेको छ । उक्त अवसरमा सोहि एल्बमको पहिलो नम्बर गितमा रहेको 'हलक्क ज्यान बढ्यो रे' नामक गितमा बनेको म्युजिक भिडिओ समेत लन्च गरिएको थियो जसमा नब मोडल भुपेन पाठक तथा नायिका रिमा बिस्वकर्माको बेजोड अभिनय रहेको छ ।