
<pre><b>साउन, काठमाडौं। </b></pre><p>साउन २७ बाट प्रर्दशनमा आउने तयारीमा रहेको निखिल उप्रेती तथा सौगात मल्ल स्टारर चलचित्र 'संरक्षण'ले चितवनमा प्रिमियर गर्ने भएको छ। लक्की मिडिया हाउसले साउन २५ गते क्यूएफएक्स जलमा हलमा चलचित्रको प्रिमियर गर्ने बताइएको छ।<br> राजनैतीक विषयवस्तुलाई उठान गरिएको यस चलचित्रमा निखिल र सौगातको अलवा मलिना जोशी, अशिष्मा नकर्मी, रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, पवन महत्तो, नन्दु श्रीवास्तव र राज कटुवाल लगायतको अभिनय रहेको छ । चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन्। प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको संयुक्त निर्माणमा बनेको यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, प्रवेश मल्लिकको संगीत रहेको छ । </p>