
<pre><b>साउन, काठमाडौं।</b></pre><p style="text-align: justify; "> नायिका रेखा थापा र आर्यन सिग्देल को करिब ८वर्ष पछिको टिमअप रहेका कारण यतिवेला सिनेनगरीमा चर्चा कमाइरहेको चलचित्र ‘रुद्रप्रिया’को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुकमा रेखा र आर्यनलाई देखाइएको छ। साथै यसमा रेखाको लुक्सलाई फरक तरिकाले देखाउन खोजिएको छ। पोस्टरमा रेखाको अनुहारको एउटा पाटो छोपिएको छ । रेखा र आर्यनको यो लुक्स हेर्न लायक रहेको छ। </p><p style="text-align: justify; ">कात्तिक २ गतेबाट प्रर्दशनमा आउने यस चलचित्रलाई सुदिप भूपाल सिंहले निर्देशन गरेका हुन्। सरस्वती थापा र आर्यन फिल्मसको निर्माणमा बनेको यस चलचित्रमा एमके पौडेल कार्यकारी निर्माताको रपमा रहेका छन्। चलचित्रमा संजय लामाको छायांकन, सुरेश अधिकारी, अर्जुन पोख्रेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । </p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/be5dfaecd3f82315e9c07f3e17cd8b8c1500872452.jpg" style="width: 810px;"><br></p>