
<pre><b>साउन, काठमाडौं।</b> </pre><p style="text-align: justify; ">पछिल्लो समय निकैनै चर्चित नायिका पुजा शर्मा तथा नायक पल शाहको चलचित्र 'म यस्तो गीत गाउँछु'ले बक्स अफिसमा निकैनै राम्रो व्यापार गर्न सफल भएको छ। प्रर्दशनको पहिलो सातानै आफ्नो लगानी सुरक्षित गर्न सफल यस चलचित्र अब अमेरिकामा पनि लाग्ने भएको छ। यो चलचित्र आज र भोली अमेरिकाको बोस्टनमा लाग्ने भएको छ। चलचित्रको अमेरिकामा मात्र नभएर अन्य देशमा पनि प्रर्दशन गरिने निर्देशक सुदर्शन थापाले बताएका छन्। </p><p style="text-align: justify; ">चलचित्रमा पुजा र पलको प्रेमलाई नेपाली दर्शकहरुले निकै रुचाएका छन्। चलचित्रमा पल र पुजाका साथै सरोज खनाल, राजाराम केसी, रुपा राना, मोहन निरौला लागायतका कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रमा सुदर्शन थापा र पुजा शर्माको संयुक्त लगानी रहेको छ। </p>