
<pre style="text-align: justify; "><b>साउन, काठमाडौं।
</b></pre><p style="text-align: justify; ">भारतीय चर्चित टिभी शो द कपिल शर्मा शो बन्द हुन सक्ने अवस्थामा पुगेको छ। भारतीय मिडियाका अनुसार सोनी टीभीले कपिल शर्माको साथमा सम्झौतामा रिन्यु नगर्ने भएको छ। शोको टीआरपी लगातार घट्दै जानु तथा कपिल शर्माको खराब स्वास्थ्य स्थितीका कारण च्याननले ले शो चलाउने सम्झौतामा समय नथपने भएको छ। बताइएअनुसार च्यानल र कपिल विचको सम्झैता अप्रिलमा पुरा भइसकेको छ। र तीन महिना बितिसक्दा पनि उनीहरुविच फेरि कुनै निर्णय हुन सकेको छैन्। </p><p style="text-align: justify; ">शो बन्द हुनुमा कपिलको स्वास्थ्यलाई पनि लिइएको छ। पछिल्लो समय कपिल शोको सुटि.ग्को क्रममा तीन पटक बेहोश भइसकेका छन्। र जसका कारण प्रमोशनका लागि पुगेका स्टारहरु सुटिंग नै नगरी फर्किनु परेको थियो। साथै सुनील ग्रोवर, अली असगर, सुगंधा मिश्रा र संकेत भोसले ले शो छोडेपछि लगातार घटेको शोको टिआरपी अझै पनि माथि उकासिन सकेको छैन्। शो अझैपनि टप १० लिस्ट भन्दा बाहिर रहेको छ। जसका कारण पनि च्यानलले शो बन्द गर्न सक्ने मिडियाले जनाएको छ। एजेन्सी</p>